पोखरा-दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
corporatenepal.com · Tue Aug 25 12:30:52 GMT 2026

गण्डकी । आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो बनाउन यहाँका पर्यटन व्यवसायीले चासो र अग्रसरता देखाएका छन् । नेपालका लागि संयुक्त अरब इमिरेटन्स (युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरूले पोखरा–दुबई नियमित उडानबारे छलफल गरेका हुन् ।
राजदूत अल शाम्सीसँगको भेटमा फ्लाई दुबईले सुरु गर्न लागेको पोखरा–दुबई उडान सेवाको निरन्तरता र दिगोपनाका विषयमा कुराकानी भएको भेटमा सहभागी पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “पोखरा–दुबई उडानलाई कसरी प्रभावकारी र दिगो बनाउन सकिन्छ भन्नेमा हाम्रो मुख्य चासो थियो”, उनले भने, “यसका लागि सबै पक्षबाट आवश्यक पहल र सहकार्य अगाडि बढाउने विषयमा छलफल भयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)