चाँगुनारायणको कलश यात्रा वसन्तपुरमा, तस्बिरहरू
ratopati.com · Tue Aug 25 12:46:18 GMT 2026

काठमाडौँ। साउन शुक्ल द्वादशीका दिन भक्तपुरस्थित चाँगुनारायण भगवानलाई बद्रीनारायणका रूपमा विशेष पूजा गरी कलश यात्रासहित वसन्तपुर ल्याइएको छ। चाँगुनारायण मन्दिरबाट सुरु भएको यात्रामा लक्ष्मी, सरस्वती र नारायणको प्रतीकका रूपमा तीन वटा कलश बोकेर भक्तजन काठमाडौँ आएका थिए।
कलश यात्रा नागदह, दक्षिणढोका, जोरपाटी, बौद्ध, चाबहिल, कालोपुल, नक्साल हुँदै जमल पुगेको थियो। जमलमा कलशलाई पूजा गरी गुर्जुको पल्टनसहित हर्षोल्लासका साथ वसन्तपुरस्थित हनुमानढोका दरबार ल्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)