आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
gorkhapatraonline.com · Tue Aug 25 12:27:09 GMT 2026

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले आय करतर्फ एक अर्ब राजस्व सङ्कलन गरेको छ ।
त्यसैगरी भ्याटतर्फ ५१ करोड ५८ लाख र अन्तः शुल्कतर्फ ८० करोड १५ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । “आयकर लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।” कर अधिकृत बस्यालले भन्नुभयो, “गत आवमा फ्याक्ट्रीले निकासी कम मात्रामा गरेकाले अन्तः शुल्क लक्ष्यअनुसार सङ्कलन हुन सकेन ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)