वर्षा नहुँदा रौतहटका खेत बाँझै
barnanmedia.com · Sat Jul 11 07:54:14 GMT 2026

यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किनुहुन्छ । असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उहाँ निराश हुनुहुन्छ ।
धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ । खेतमा सिँचाइको सुविधा नहुँदा यहाँका भेगका बम्जनसहित सयौँ किसान आकाश हेर्न बाध्य छन् । गत वर्ष पनि समयमा वर्षा नहुँदा सिँचाइ अभावले धान रोप्न नपाउनुभएका बम्जनले यस वर्ष भने रोपाइँ गर्ने योजना बनाउनुभएको थियो । अहिले आकाशे पानीको भरमा बस्नु परिरहेकाले रोपाइँ अन्योल बनेको उहाँको भनाइ छ । “रोपाइँका लागि आलीघारी जोतखन तयार छ तर पानीको व्यवस्था नहुँदा समस्या भइरहेको हो, खेत पूरै बाझै छन्”, बम्जनले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)