एक्सन–प्याक्ड टिजरमा निखिल उप्रेती निर्देशित ‘आचार्य’ (भिडियो)
kalakarmi.com · Tue Aug 25 12:57:59 GMT 2026

काठमाडौं– अभिनेता निखिल उप्रेतीको निर्देशन तथा मुख्य भूमिका अभिनय रहेको एक्सन प्रधान नेपाली फिल्म ‘आचार्य’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सोमवार सार्वजनिक गरिएको टिजरले फिल्म एक्सन, द्वन्द तथा बदलाको कथामा केन्द्रित रहेको संकेत गरेको छ ।
रेडियो जक्की संजोक बस्यालको सदृढ आवाजमा तयार पारिएको न्यारेसनबाट प्रारम्भ हुने यो प्रभावशाली टिजरमा निखिल उप्रेतीलाई शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दुश्मनसँगको संघर्ष, प्रतिशोध तथा द्वन्दका दृश्यलाई प्राथमिकता दिइएको टिजरमा निखिलको चरित्र आक्रामक तथा रहस्यमय देखिन्छ । छोटो टिजरले फिल्मको कथाबारे धेरै कुरा खुलासा नगरे पनि पात्रको संघर्ष र बदलाको भावनालाई भने बलियो रूपमा स्थापित गर्न खोजेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)