८०० मेगाहर्ज फ्रिक्वेन्सीका लागि टेलिकम र एनसेलबीच अक्सन
clickmandu.com · Tue Aug 25 12:56:36 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ८०० मेगाहर्ज फ्रिक्वेन्सीका लागि टेलिकम र एनसेलबीच अक्सनका लागि सार्वजनिक सूचना प्रकासन गरेको छ । प्राधिकरणले साढे ६ वर्षपछि फ्रिक्वेन्सी लिलाम बढाबढको प्रक्रिया सुरु गरेसँगै अब बजारका दुई मुख्य प्रतिस्पर्धी नेपाल टेलिकम र एनसेलबीच प्रतिस्पर्धा गरेर ८०० मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी वितरण गर्ने गरी मंगलबार सूचना निकालेको छ ।
हाल नेपालमा अन्य सेवा प्रदायकहरू अस्तित्वहीन अवस्थामा रहेकोले नयाँ कम्पनी आउने बाटो नभएको अवस्थामा अक्सन टेलिकम र एनसेलका लागि मात्रै लक्षित गरेर आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)