विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण
kendrabindu.com · Sat Jul 11 08:14:33 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई रु दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली सेनालाई रु ७५ लाख ६२ हजार ३००, नेपाल प्रहरीलाई रु ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरी बललाई रु एक करोड १६ लाख ८३ हजार ५२२ बराबरका विपद् पूर्वतयारीका सामग्री उपलब्ध गराएका हुन् । हस्तान्तरण गरिएका सामग्रीमा अत्याधुनिक ड्रोन तथा बाढीबाट उद्धारका लागि आवश्यक उपकरण समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)