चार हजार बालबालिकाका लागि एकीकृत भान्साघरको दिवाखाजा
annapurnapost.com · Sat Jul 11 08:06:08 GMT 2026

धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको एकीकृत भान्साघरबाट करिब चार हजार विद्यार्थीले दैनिक गुणस्तरीय दिवा खाजा पाउने भएका छन् । साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्मका २१ सामुदायिक विद्यालयमा यो व्यवस्था लागू हुने भएको हो ।
हालसम्म अधिकांश विद्यालयले आफ्नै तवरले दिवा खाजा तयार गर्दै आएका थिए । अब भने एउटै मापदण्डअनुसार केन्द्रीय भान्साघरमा तयार गरिएको पोषणयुक्त खाजा विद्यालयसम्म पुर्याइने व्यवस्था गरिएको छ । यसबाट खाजाको गुणस्तर, सरसफाइ तथा पोषणमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)