बिहारको पट्नामा ‘शिक्षक भर्ना परीक्षा’लाई लिएर परीक्षार्थीहरूको उग्र प्रदर्शन
baahrakhari.com · Tue Aug 25 13:01:24 GMT 2026

काठमाडौं । भारतको बिहारस्थित पट्नामा ‘शिक्षक भर्ना परीक्षा’लाई एकल चरणमै सञ्चालन गर्नुपर्ने लगायतका विभिन्न माग राखी परीक्षार्थीहरूले गरेको विरोध प्रदर्शन उग्र बनेको छ ।
बिहारको गान्धी मैदानबाट सुरु भएको विद्यार्थीहरूको मार्च डाकबंगला चोकसम्म पुगेपछि तनाव सिर्जना भएको थियो । प्रदर्शनकारीहरूले प्रहरीले खडा गरेको सुरक्षा घेरा र ब्यारिकेडहरू भत्काएर अघि बढ्न खोजेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र सामान्य बल प्रयोग गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)