वर्षा नहुँदा रौतहटका खेत बाँझै
nagariknews.nagariknetwork.com · Sat Jul 11 08:02:18 GMT 2026

रौतहटको चन्द्रपुर नगरपालिका–२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन्। असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उनी निराश छन्।
धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ। खेतमा सिँचाइको सुविधा नहुँदा यहाँका भेगका बम्जनसहित सयौँ किसान आकाश हेर्न बाध्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)