२७ वर्षदेखि बन्द रहेकाे वीरगञ्ज चिनी मिल पुनः सञ्चालन गर्ने तयारीमा सरकार
reportersnepal.com · Tue Aug 25 13:07:50 GMT 2026

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी कारखाना पनि सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको विशेष पहलमा २७ वर्षदेखि ताला लागेको ऐतिहासिक वीरगञ्ज चिनी मिलको पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो । सोही क्रममा मन्त्रालयद्वारा गठित एक प्राविधिक कार्यदलले मंगलबार कारखानाको स्थलगत निरीक्षण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)