काठमाडौंमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्नेविरुद्ध ५ दिन म्याद थप
makalukhabar.com · Tue Aug 25 13:19:54 GMT 2026

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–२ घर भइ हाल काठमाडौं बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध ५ दिन म्याद थप भएको हो ।
घटनापछि कठायतलाई नियन्त्रणमा लिई राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने तथा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)