नेपाली फुटबलको बिजोग: निलम्बनको मारमा खेलाडी, प्रशिक्षक र रेफ्री
annapurnapost.com · Tue Aug 25 13:09:34 GMT 2026
काठमाडौं : नेपाली फुटबल अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको २ महिना हुन लाग्यो। त्यसयता नेपाली फुटबल ठप्प छ। अन्तर्राष्ट्रिय फुटबल नहुँदा घरेलु फुटबलमा समेत केही हुन सकेको छैन।
यो अवस्थाको सबैभन्दा ठूलो मारमा फुटबलकर्मी छन्। सरकार 'सकारात्मक उत्तरको प्रतिक्षामा छौं' भन्दै गर्दा फुटबलकर्मीमा भने दिनप्रति दिन अन्योलता छाउन थालेको छ। अन्तर्राष्ट्रिय फुटबल नहुँदा राष्ट्रिय टिमका खेलाडी विदेशी लिग खेल्न जाने क्रम बढ्दो छ। महिला तथा पुरुष खेलाडी आफ्नो अनुकूलता मिलाउँदै विदेशी लिग खेल्न गइरहेका छन्। नेपालका प्रायः खेलाडी भुटान, बंगलादेश, मलेसिया तथा कम्बोडियामा लिग खेलिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)