रूपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लवको दोस्रो जीत
nepalpress.com · Sun May 17 12:45:49 GMT 2026
रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लवले जीत निकालेको छ । उसले बुद्ध क्रिकेट क्लवलाई ६ विकेटले हराउँदै जित हात पारेको हो । प्रतियोगितामा मेलवर्नको यो लगातार दोस्रो जित हो ।
जितका लागि पाएको १ सय ५८ रनको लक्ष्य मेलवर्नले ३५ ओभर ४ बलमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाउँदै पूरा गर्यो र जित निकाल्यो । उसको जितमा विपिन आचार्यले अविजित ९४ रनको पारी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)