पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
baahrakhari.com · Sat Jul 11 08:44:10 GMT 2026

बागलुङ । राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९, फल्लेघरमा शनिबार (असार २७) बिहान सडकमाथिदेखि झरेको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । शुक्रबार साँझ नै ढोरपाटन पुगेका पर्यटक फर्कन पाएका छैनन् । बिदामा घुम्न हिँडेका पर्यटक पनि फल्लेघरमै अलपत्र परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)