विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ
nepalnews.com · Tue Aug 25 13:39:33 GMT 2026

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा झापा घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भइ काठमाडौं महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल, दोलखा घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा तथा ओखलढुङ्गा घर भइ काठमाडौं महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)