सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवा : मुख्यमन्त्री थापा
ratopati.com · Tue Aug 25 13:52:29 GMT 2026

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवा भएको बताएका छन्। उनले लोकतन्त्रमा प्रतिपक्षको भूमिका अपरिहार्य रहेको र सरकारले रचनात्मक आलोचनालाई सधैँ आत्मसात गर्ने बताए ।
मंगलबारकाे प्रदेश सभामा विश्वासको मतसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री थापाले वर्तमान सरकार केवल प्रशासन चलाउनका लागि मात्र नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको दाबी गरे । स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई सरकारको प्रमुख आधारस्तम्भको रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)