बुधबारदेखि सामसङ ग्यालेक्सी ‘जेड’ सिरिजका नयाँ फोल्डेबल फोन बिक्रीमा, मूल्य ३ लाख ४० हजारसम्म
techpana.com · Tue Aug 25 13:52:34 GMT 2026

काठमाडौं । सामसङले ग्यालेक्सी ‘जेड’ सिरिज अन्तर्गतका नयाँ फोल्डेबल स्मार्टफोन र स्मार्टवाचहरू नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, जेड फोल्ड ८, जेड फ्लिप ८ सहित ग्यालेक्सी वाच अल्ट्रा २ र वाच ९ को बिक्री भोलि बुधबारदेखि देशभर सुरु हुनेछ ।
नयाँ सिरिजप्रति ग्राहकहरूको आकर्षण प्रि-अर्डरमा देखिएको कम्पनीको दाबी छ । जसमा जेड फोल्ड ८ अल्ट्राको ‘भ्वाइलेट स्याडो’, जेड फोल्ड ८ को ‘ल्याभेन्डर’ र जेड फ्लिप ८ को ‘पिङ्क’ रङ प्रयोगकर्ताहरूले सबैभन्दा धेरै रोजेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)