रास्वपा केन्द्रीय समितिबाट पूजा बास्तोला फेरि ‘आउट’, सोम शर्मा ‘इन’
nepalpress.com · Sat Jul 11 09:13:11 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा सोम शर्मा फर्किएका छन् । यसअघि पूजा बास्तोलाको उजुरीपछि शर्मालाई हटाइएको थियो ।
तर, निर्वाचन आयोगले नामावली सच्याउँदै फेरि शर्मालाई नै कायम राखेको आयोगका प्रमुख भुवन केसीले बताए । उनले भने, ‘५ जनामध्ये तीन जनाबारे निर्णय भइसकेको थियो । २ जनाको हकमा उजुरी पनि परेको थियो । विधानमा ५ जनामध्ये दुई जना महिला हुनुपर्ने व्यवस्था छ । पूजा मतको आधारमा पर्नुभएको थियो । तर प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको क्लस्टरबाट पनि एक जना पर्नुपर्छ विधानले भनेको छ । त्यसैले पूजालाई रिप्लेस विष्णुकुमारी गुरुङलाई यथावत् राखिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)