बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
kendrabindu.com · Tue Aug 25 14:04:04 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मतदान गरेका हुन्।
बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन्। सोमबार भएको मतदान प्रक्रियामा ५८ जना सांसद सहभागी भएका थिए। तीमध्ये मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ५७ मत परेको हो। एक सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)