भारतविरुद्धको टेस्ट शृंखला बचाउन संघर्ष गर्दै श्रीलंका
nagariknews.nagariknetwork.com · Tue Aug 25 13:54:37 GMT 2026
भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेट बचाउन श्रीलंका संघर्षरत छ। घरेलु मैदान कोलम्बोमा तेस्रो दिनको खेलको समाप्तिमा श्रीलंकाले ८ विकेट गुमाएर २६५ रन बनाएको छ। श्रीलंका अझै २३८ रनले पछि छ र ऊसँग २ विकेट मात्रै बाँकी छ।
सुरुवातबाटै कमजोर ब्याटिङ गरेको श्रीलंकाले ३५ रन बनाउँदा आफ्नो ३ विकेट गुमाएको थियो। कामिल मिसारा १९, प्रभात जयसूर्या २ र लाहिरु उदारा एक रनमा आउट भए। रविन्द्र जडेजाको बलमा बोल्ड हुनु अघि पसिन्दु सुर्याबन्दराले ८० रन बनाए। सोनाल दिनुसा ८५ रनमा नटआउट हुँदा कामिन्दु मेन्डिसले ३२ रन बनाए। अन्यले दोहोरो अंक छुन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)