सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
onlinekhabar.com · Sat Jul 11 09:24:11 GMT 2026

२७ असार, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, नि:शुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दैगएको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दिपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार विगतमा कालाजारको उपचार धनगढीमा मात्रै उपलब्ध थियो । पछि त्यो सेवा महेन्द्रनगरसम्म विस्तार भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)