उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन, कुन टिमको जिम्मेवारी के ?
ratopati.com · Thu Aug 27 06:46:32 GMT 2026

काठमाडौँ । सरकारले बाढी प्रभावितको उद्धार, खोज तथा राहतका लागि १२ वटा टोली गठन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती टोली गठन गरी सम्पर्क व्यक्ति (फोकल पर्सन) समेत तोकेको जनाएको छ।
प्राधिकरणका अनुसार सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा इमर्जेन्सी कम्युनिकेशन रेस्टोरेसन टिम गठन गरिएको छ। टिममा नेपाल दूरसञ्चार प्राधिकरणका विनोद श्रेष्ठ, नेपाल टेलिकमका मुनिष आचार्य, एनसेलका अश्विनराज जोशी, नेपाली सेनाका सविनप्रताप केसी तथा नेपाल प्रहरीका एसपी गोविन्द पुरी र सविन वाग्ले छन्। यो टिमले सञ्चार सेवा नभएका ठाउँ पहिचान गरी तत्काल सञ्चार सञ्चालनको व्यवस्था मिलाउनेछ। साथै भिस्याटको व्यवस्थापन तथा आवश्यक सामग्री आपूर्तिमा समग्र समन्वय गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)