बाढी पीडितका लागि गायिका बेनिशा पौडेलद्वारा १ लाख सहयोग
ratopati.com · Thu Aug 27 06:45:45 GMT 2026

काठमाडौँ । चर्चित गायिका बेनिशा पौडेलले भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन् ।
बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति भइरहेका बेला गायिका पौडेलले पीडित परिवारको घाउमा मलम लगाउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यमा सघाउन सरकारी कोषमा उक्त रकम सहयोग गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)