जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
kendrabindu.com · Sat Jul 11 09:50:24 GMT 2026

टोकियो । जापानको अन्तरिक्ष निकायले पुनः प्रयोग गर्न मिल्ने प्रयोगात्मक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । अन्तरिक्ष प्रक्षेपण लागत घटाउने र विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धी बन्ने लक्ष्यसहित जापानले यो प्रविधिको विकास अघि बढाएको हो ।
जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) को उत्तर–पूर्वी जापानस्थित नोशिरो परीक्षण केन्द्रमा शनिबार गरिएको परीक्षणका क्रममा ‘आरभी–एक्स’ रकेटले एक मिनेटभन्दा कम समयको उडान भरेको थियो । परीक्षणका क्रममा रकेट केही समय हावामा स्थिर रह्यो, तेर्सो दिशामा अघि बढ्यो र सुरक्षित रूपमा अवतरण गरेको जेएएक्सएले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)