१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगी : हङ्गेरीमा आपराधिक उजुरी
ratopati.com · Tue Aug 25 14:40:59 GMT 2026

काठमाडाैँ। हङ्गेरीको विदेश मन्त्रालयले कोभिड–१९ महामारीका बेला करिब ९६ करोड ५० लाख अमेरिकी डलरमा भेन्टिलेटर खरिद गरिएको विषयमा सम्भावित ठगी भएको भन्दै अभियोजनकर्तासमक्ष आपराधिक उजुरी दर्ता गरेको छ ।
विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार उक्त जानकारी दिँदै पूर्वप्रधानमन्त्री भिक्टर ओर्बान नेतृत्वको सरकारले सन् २०२० को मार्च र अप्रिलमा चीनबाट करिब १७ हजार भेन्टिलेटर खरिद गरेको बताउनुभयो । उक्त खरिदमा आवश्यकताभन्दा धेरै उपकरण किनेको र अन्य युरोपेली मुलुकको तुलनामा प्रतियुनिट निकै बढी मूल्य तिरेको भन्दै त्यसबेला आलोचना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)