विपक्षी दलका सांसदको अनुपस्थितिमा प्रदेशसभाबाट विश्वासको मत लिए थापाले, तीन दलको बहिस्कार
nepallive.com · Tue Aug 25 14:44:51 GMT 2026

हेटौँडा– विपक्षी दलहरुका सांसदको अनुपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएका छन् । बागमती प्रदेश सभामा रहेका १०४ सांसदमध्ये थापाले सत्तामा सहभागी एमाले, नेकपा र राप्रपाका सांसदहरुको मात्र उपस्थितिमा विश्वासको मत लिएका हुन् ।
प्रदेश सभामा विश्वासको मतका लाग ५३ सांसद संख्या आवश्यक रहेकोमा उनले ५७ मत पाएका छन् । मत दिने सांसद सबै सत्ता साझेदार दलका मात्र हुन् । विपक्षी दल कांग्रेसका ३६, नेमकिपाका ३ र हानेपाका २ सांसद सहभागी थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)