तीन महिनादेखि वेपत्ता रहेकी बालिका सकुशल फेला
annapurnapost.com · Tue Aug 25 14:37:21 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ बाट विगत तीन महिनादेखि बेखबर रहेकी ११ वर्षीया एक बालिका वीरगन्जमा सुरक्षित अवस्थामा भेटिएकी छिन्। वीरगन्जस्थित एक परोपकारी संस्थाको संरक्षणमा रहेकी उनलाई मंगलबार परिवारको सम्पर्कमा ल्याइएको हो।
बालिकाकी आमा गुलाप्सा खातुनले मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय सिमरामा छोरीको खोजतलासका लागि निवेदन दिएकी थिइन्। निवेदन परेलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सरोज निरौला र ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टसहितको सुरक्षा टोली बालिकाको घरमै पुगेर वस्तुस्थिति बुझेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)