उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
ratopati.com · Sat Jul 11 10:07:20 GMT 2026

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दै गएको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार विगतमा कालाजारको उपचार धनगढीमा मात्रै उपलब्ध थियो । पछि त्यो सेवा महेन्द्रनगरसम्म विस्तार भयो । अहिले अधिकांश प्रादेशिक तथा जिल्ला अस्पतालमा परीक्षण र उपचारको सुविधा पुगेको छ । स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आवश्यक औषधि, परीक्षण कीट तथा दक्ष जनशक्तिको व्यवस्थापनका साथै सङ्क्रमित भेटिएका गाउँमा सक्रिय खोज अभियान सञ्चालन गरिएकाले कालाजारका बिरामीको सङ्ख्या घट्दै गएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)