धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
lokaantar.com

धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते भएका छन् ।
आज बिहान अन्दाजी ०६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्यादेवी भुजेल सवार प्रदेश २-०२-००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)