पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउन सरोकारवालाबीच सहकार्य आवश्यक
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

धनुषा । नेपाल पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना अन्तर्गत असमान नेपालद्वारा मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा मधेस प्रदेशमा पूर्वानुमानमा आधारित पूर्वकार्यको अभ्यास, उपलब्धि, चुनौती तथा आगामी दिनमा यसको प्रभावकारिता बढाउने उपायबारे सरोकारवालाबीच छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो। विपद् आउनुअघि नै सम्भावित जोखिमको पूर्वानुमान गरी जोखिममा रहेका समुदायलाई समयमै सूचना, तयारी र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले पूर्वकार्य प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)