उपसभामुखले जितिन्, लोकतन्त्रले हार्यो
ratopati.com · Tue Aug 25 15:11:31 GMT 2026

विपक्षी दलहरूको अनुपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सभामुख पद रिक्त रहेको अवस्थामा सदनको नेतृत्व गरिरहेकी उपसभामुख अप्सरा चापागाईंको साथ पाउँदा मुख्यमन्त्री थापाले उपस्थित ५८ सांसदमध्ये ५७ जनाको विश्वासको मत पाए ।
एमाले (२५), नेकपा (२६) र राप्रपा (१२) सांसदको समर्थन दाबी गरेका मुख्यमन्त्री थापाले संसदीय मर्यादाको हुर्मत लिँदै ५७ सांसदको विश्वासको मत प्राप्त गरेका हुन् । लोकतान्त्रिक संसदीय प्रक्रिया र मर्यादा अनुसार सदन सञ्चालन हुँदा कम्तीमा एक जना विपक्षी सदस्य उपस्थित हुनुपर्ने मान्यता छ । तर, मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस (३६), नेमकिपा ९३० र हाम्रो नेपाली पार्टी (२) पूर्णतः अनुपस्थित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)