मंगलबार राति कोशी, गण्डकी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
annapurnapost.com · Tue Aug 25 15:14:10 GMT 2026

काठमाडौं : मंगलबार राति कोशी, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र बागमतीका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम बर्षा हुने महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)