धितोपत्र कारोबार प्रणाली सुधारका लागि सीडीएससीलाई सेबोनको पाँचबुँदे निर्देशन
arthasansar.com · Tue Aug 25 15:20:01 GMT 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) लाई धितोपत्र कारोबार तथा लगानीकर्ता सेवासँग सम्बन्धित विभिन्न पाँचवटा विषयमा निर्देशन दिएको छ।
सेबोनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै २०८३/०५/०९ गते सीडीएससीलाई उक्त निर्देशन दिएको हो। बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले हस्ताक्षर गरेको पत्रमा कारोबार व्यवस्थापन प्रणाली, ईडीएस, सेटलमेन्ट, पुश नोटिफिकेसन, होल्डिङ र फ्र्याक्सन सेयरसँग सम्बन्धित विषय समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)