४० वर्षपछि भारतीय प्रधानमन्त्रीको न्युजिल्यान्ड भ्रमण, भारत-न्युजिल्यान्डबीच रणनीतिक साझेदारी घोषणा
barnanmedia.com · Sat Jul 11 10:29:26 GMT 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ४० वर्षपछि भएको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा भारत र न्युजिल्यान्डले रक्षा, सुरक्षा, व्यापार तथा इन्डो–प्यासिफिक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन्।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा माओरी परम्पराअनुसार मोदीको स्वागत गर्दै गार्ड अफ अनर प्रदान गरेका थिए। गत अप्रिलमा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यले रणनीतिक साझेदारी घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)