‘गणेश नेपाली प्रकरण’पछि सडकबाट हराए नगरप्रहरी, अव्यवस्थित पार्किङ फेरि बढ्यो (तस्वीरहरू)
shilapatra.com · Sat Jul 11 10:33:00 GMT 2026

केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगरप्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेका देखिन्थे । तर, आत्मदाहको प्रयास गरेका र उपचारका क्रममा निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगरप्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ ।
गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगरप्रहरीसँग पनि सोधपुछ गरिरहेको छ । उक्त घटनापछि नगरप्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयदेखि उनीहरू नियमित सडक ड्युटीमा नखटिएको एक नगरप्रहरी कर्मचारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)