कथाकार हरि थापाको ‘मभित्रको ऊ’ लोकार्पित
baahrakhari.com · Tue Aug 25 15:38:09 GMT 2026

काठमाडौं । कथाकार हरि थापाको नयाँ कथाकृति ‘मभित्रको ऊ’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार मञ्जु काँचुलीले कृति लोकार्पण गर्दै नेपाली कथा लेखनको चर्चा गरिन् । उनले कथा सबै थोक भएको बताउँदै समाजलाई विखण्डित तुल्याउने कथा नलेख्न कथाकारहरूसँग आग्रह गरिन् ।
समीक्षक डा. दीनबन्धु शर्माले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै थापाको यो कृति सामाजिक यथार्थवादी कथाहरूको सँगालो भएको बताए । उनले कृतिकारलाई केही सुझावहरू पनि दिँदै कृतिभित्रका कथाहरूको बृहत् चर्चा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)