धनुषामा एम्बुलेन्स र उपमेयर सवार गाडी ठोक्किँदा ८ जना घाइते
kalakarmi.com · Sat Jul 11 10:43:11 GMT 2026

धनुषा- धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान एम्बुलेन्स र धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब ६:२० बजे बिरामी बोकेर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी ठोक्किएर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)