'दोस्रो अन्तर संसदीय सभामुख सम्मेलन'मा भाग लिन राष्ट्रिय सभा अध्यक्ष कम्बोडिया प्रस्थान गर्दै
ratopati.com · Tue Aug 25 15:55:15 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल कम्बोडियाको राजधानी न्होम पेन्ह मा आयोजना हुने ‘दोस्रो अन्तर-संसदीय सभामुख सम्मेलन’ मा सहभागी हुन मंगलबार राति त्यसतर्फ प्रस्थान गर्दै छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार अध्यक्ष दाहाल राति १०:४५ बजे मलेसिया एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट प्रस्थान गर्नेछन्। उनी मलेसियाको क्वालालम्पुर हुँदै भोलि (अगस्ट २६) बिहान न्होम पेन्ह पुग्ने तालिका रहेको छ। उनको भ्रमण टोलीमा सङ्घीय संसद् सचिवालयका उपसचिव भानु पोख्रेल पनि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)