नौ दिनपछि चालक सुवेदीको शव फेला, सहचालक अझै बेपत्ता
baahrakhari.com · Sat Jul 11 11:12:46 GMT 2026

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको संगेतरा क्षेत्रमा सवारी दुर्घटनामा परी बेपत्ता भएका चालक तुलाराम सुवेदीको शव फेला परेको छ । दुर्घटनाको नौ दिनपछि शनिबार (असार २७) बिहान करिब ७ बजे उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझीगाउँ निवासी चालक सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडास्थित कर्णाली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिए । तुलारामका बुवाले शव बुझिसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)