वीरगञ्जबाट खैरो हेरोइनसहित एक जना पक्राउ
ratopati.com · Tue Aug 25 16:00:24 GMT 2026

काठमाडौँ। प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ बाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६ घर भएका ३९ वर्षीय अजय प्रसाद यादव छन्।
लागुऔषध नियन्त्रण ब्यूराेका शाखा कार्यालय वीरगञ्ज र जिप्रका पर्साबाट खटिएको टोलीले मंगलबार आरोपीलाई पक्राउ गरेको हो । उनको साथबाट ८१ ग्राम ३७ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)