श्रीकृष्ण सिम्खडाको नयाँ गीत ‘कुरा नकाट’ सार्वजनिक
ratopati.com · Tue Aug 25 16:05:38 GMT 2026

काठमाडौँ। गायक तथा संगीतकार श्रीकृष्ण सिम्खडाको नयाँ गीत ‘कुरा नकाट’ सार्वजनिक गरिएको छ। समाजमा हुने अनावश्यक गफगाफ र नकारात्मक चर्चालाई व्यङ्ग्य गर्दै तयार पारिएको गीतमा मानिसहरू विभिन्न ठाउँमा बसेर अरूको कुरा काट्ने वा अनावश्यक गफ गर्ने प्रवृत्तिलाई चित्रण गरिएको छ। होटेल, मन्दिर, घाट र चाेकजस्ता स्थानहरूमा बसेर कुरा काट्नु भन्दा आफ्नो काममा ध्यान दिनु राम्रो हुने सन्देश गीतले दिएको छ।
गीतमा शब्द, संगीत र स्वर स्वयं श्रीकृष्णा सिम्खडाकै रहेको छ। गीतलाई सञ्जय खड्गीले संगीत संयोजन गरेका हुन् भने अक्कल खड्काले मिक्सिङ र मास्टरिङ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)