अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा दुई लाख ५० हजार सहयोग
nepalnews.com · Tue Aug 25 16:11:28 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा विपदबाट प्रभावितहरूको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याइएको विपद् व्यवस्थापन कोषमा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले सहयोग प्रदान गरेको छ।
अन्नपूर्ण–११ क्रियाशील रहेको समितिले आज गाउँपालिकालाई दुई लाख ५० हजार रुपैंयाँ नगद सहयोग प्रदान गरेको हो। गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनःनिर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष बनाएर सबैमा सहयोगको आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)