वीरगन्जबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ
annapurnapost.com · Tue Aug 25 16:15:19 GMT 2026

वीरगन्ज : पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साकै जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनीका ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन्।
लागू औषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)