७ वर्षपछि चीनका राष्ट्रपति सी भारत आउने सम्भावना
nepalviews.com · Tue Aug 25 16:25:48 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी महिना नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा ठूलो प्रतिनिधिमण्डलसहित सहभागी हुने सम्भावना रहेको छ । यो भ्रमण भएमा सात वर्षपछि सीको पहिलो भारत भ्रमण हुनेछ ।
भारतले सेप्टेम्बर १२ र १३ मा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दै छ । सम्मेलनमा सीको उपस्थितिलाई ब्रिक्सको एजेन्डाभन्दा पनि सन् २०२० को घातक सीमा झडपपछि भारत र चीनबीच सम्बन्ध स्थिर बनाउने प्रयासका सन्दर्भमा बढी चासोका साथ हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)