‘जेइको जे-फाइभ प्रो’ ईभीमा नाडा स्किम, पहिलो १०० जनाले ४७.९९ लाखमा खरिद गर्न पाउने
techpana.com · Tue Aug 25 16:30:38 GMT 2026

काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘जेइको जे-फाइभ प्रो’ का लागि ‘नाडा स्पेसल स्किम’ सार्वजनिक गरेको छ । हालै सम्पन्न ‘नाइमा मोबिलिटी एक्स्पो’ मा प्राप्त प्रतिक्रिया र ग्राहकको उच्च मागलाई मध्यनजर गर्दै यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
यसअन्तर्गत टप-इन्ड स्पेसिफिकेसन सहितको जेइको जे-फाइभ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यो अफर सीमित अवधिका लागि पहिलो १०० जना ग्राहकहरूलाई मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)