खामेनीको अन्त्येष्टिमा आफ्नो मृत्युको नारा लागेपछि रिसाए ट्रम्प, इरानलाई खरानी बनाउने चेतावनी
nepalpress.com · Sat Jul 11 11:58:56 GMT 2026

एजेन्सी । इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा हजारौंको भिडले ‘ट्रम्पको मृत्यु होस्’ भन्दै नाराबाजी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिसाएका छन् । साथै तेहरानले ट्रम्पको हत्याको योजना बनाइरहेको इजरायलले बताएपछि ट्रम्प थप आक्रोशित बनेका छन् ।
ट्रम्प यति रिसाए कि उनले इरानलाई पृथ्वीको नक्साबाटै मेटाइदिनेदेखि सैन्य आक्रमणबाट पूर्ण रुपमा ध्वस्त परिदिने चेतावनी दिएका छन् । उनले शनिबार ट्रुथ सोसलमा लेखेका छन्, ‘१००० वटा मिसाइलहरू प्रहारका लागि तम्तयार अवस्थामा छन् । ती मिसाइल इस्लामिक गणतन्त्र इरानतर्फ तेर्सिएका छन् । यदि संसारका कुना कुनामा फैलिएको खबर अनुरुप इरानी सरकारले अमेरिकाको बहालवाला राष्ट्रपतिलाई मार्ने वा हत्या गर्ने दुस्साहस गर्छ भने इरानमाथि हजारौं मिसाइलहरुको वर्षा हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)