वाणगंगा नदीको बाढीमा फसेका ७ युवालाई सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गर्यो
annapurnapost.com · Sat Jul 11 12:02:10 GMT 2026

कपिलवस्तु : बाणगंगा नगरपालिका-८ बालापुरस्थित बाणगंगा नदीको बीचमा फसेका ७ युवालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले उनीहरू सबैलाई सकुशल उद्धार गरेको हो। नदीको बाढीमा फसेका युवाहरू वाणगंगा नदीमा पौडी खेल्न गएका थिए। इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा २० सुरक्षाकर्मीको टोली विपद् उद्धार सामग्रीसहित खटी गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)