बझाङमा जीप दुर्घटना, केही व्यक्ति हताहत
baahrakhari.com · Sat Jul 11 12:06:54 GMT 2026

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिका–६ को सिमानास्थित सुंगरे क्षेत्रमा एउटा बोलेरो जीप दुर्घटना भएको छ । शनिबार (असार २७) अपराह्न जीप सडकबाट करिब ३०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जीपमा करिब १६–१७ जना सवार रहेका जनाइएको छ ।
दुर्घटनास्थलबाट प्रहरी चौकी चार/पाँच घण्टाको दूरीमा छ । दुर्घटनाको सूचना पाएलगत्तै सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)