खैरो हेरोइन सहित तीनकुनेबाट ५ जना पक्राउ
ratopati.com · Tue Aug 25 16:55:07 GMT 2026

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुनेबाट खैरो हेरोइन सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सोमबार काठमाडौँ महानगरपालिका–३१ स्थित तीनकुनेबाट ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिरगञ्ज घर भएका २६ वर्षीय प्रदिप कुमार कुशवाह, सर्लाही गोडैता नगरपालिका घर भएका ३० वर्षीय चन्दन कुमार चौधरी, काभ्रेको भुम्लु गाउँपालिका घर भएका १६ वर्षीय विजय भुजेल, रौतहट चपुर घर भएका २१ वर्षीय बिकेश मगर र महोत्तरीको जलेश्वर घर भएका २९ वर्षीय अजित मिश्र छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)